असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

धरानकाे मेयरमा स्वतन्त्र साम्पाङ विजयी



सुनसरी– धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार किशोर राई र नेकपा एमालेकी मञ्जु भण्डारीलाई हराउँदै साम्पाङ विजयी भएका हुन् ।

साम्पाङले २० हजार ८२१ मत पाएर विजयी हुँदा किशोर राईले १६ हजार ५९ मत पाए । भण्डारीले १२ हजार ८२५ मत पाइन् ।

उनी लौरो चुनाव चिह्न लिएर मेयरमा प्रतिस्पर्धा गरेका थिए । उपमेयरमा भने नेकपा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघा २० हजार ५१० मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पदमप्रसाद लिम्बुले १७ हजार ६०६ मत पाए ।

प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार  ५ : ४८ बजे