असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

प्रेम गीत ३ को नयाँ रिलिज डेट सार्वजनिक



काठमाडौँ– नेपाली कथानक चलचित्र ‘प्रेम गीत ३’ आगामी असोज ७ गते रिलिज हुने भएको छ।

चलचित्र निर्माण पक्षले नयाँ रिलिज डेट सार्वजनिक गरेको हो । यसअघि पटक पटक रिलिज डेट सार्वजनिक गरेर पनि कोरोना महामारीका कारण रोकिँदै आएको चलचित्र अब असोज ७ बाट हलहरूमा लाग्ने निर्माण पक्षले जानकारी दिएको हो ।

चलचित्रमा प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका छ ।

त्यस्तै,  सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायतका कलाकारले अभिनय गरेका छन्।

चलचित्रलाई छेतन गुरुङ र निर्माता समेत रहेका सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका छन् ।

 

प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार  ५ : १६ बजे