असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

भरतपुरमा अघिल्लो पटक मतपत्र च्यातिएको वडामा एमाले विजयी



काठमाडौं – चितवनको भरतपुर महानगरपालिकामा हालसम्म १९ वडाको मतगणना गरिसकिएको छ । अहिले २० र २१ को गणना जारी छ । २९ वडा भध्ये १९ वडाको मतगणना सकिँदा मेयरकी उमेदवार नेकपा माओवादी केन्द्रकी रेणु दाहालको अग्रता रहेको छ ।

उनलाई एमालेका विजय सुवेदीले पछ्याइरहेका छन् । रेनुले लगातार आफ्नो अग्रता बढाउँदै लगेकी छन् । यस्तै २०७४ सालको निर्वाचनमा मतगणनाका क्रममा मत च्यातिएको वडा नं‍। १९ को अध्यक्षमा एमालेका प्रकाश तामाङ विजयी भएका छन् ।

कांग्रेसको पकड क्षेत्रका रुपमा रहेको यस वडामा तामाङले गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका द्रोणबहादुर गुरुङलाई पराजित गरेका हुन् । २०७४ को निर्वाचनमा वडा नं.१९ को मतगणनाका क्रममा माओवादीका कार्यकर्ता द्रोण सिवाकोटी र मधु न्यौपानले मतपत्र च्यातेपछि यस वडामा फेरि मतदान भएको थियो ।

प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार  ५ : ११ बजे