असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

थप ६ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ– नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ६ सय ९६ पिसिआर परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

५ सय ३० एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थय मन्त्रालयले जनाएको छ ।

त्यस्तै आइतबार पनि कोरोनाका कारण कसैको मृत्यु भएको छैन । त्यस्तै थप १३ जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय ७५ जना निको भएका छन् । हाल नेपालमा १ सय ४१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार  ४ : ३० बजे