असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

९ कक्षामा पढ्दा प्रिन्सिपलले बलात्कार गरेको युवतीको दाबी 



काठमाडौँ– एक युवतीले सामाजिक सञ्जालमा भिडियो सार्वजानिक गर्दै एक सौन्दर्य प्रतियोगिताका आयोजकबाट बलात्कार भएको बताएपछि यस्ता अरु घटनाहरू पनि सार्वजनिक हुन थालेका छन् ।
सुनसरीको इटहरीमा रहेको ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलकी एक छात्राले करिब सात वर्षअघि आफूमाथि सोही विद्यालयका प्रिन्सिपलले बलात्कार गरेको दाबी गरेकी छन्।

उक्त विद्यालयको होस्टलमा बसेर कक्षा ९ मा अध्ययन गर्दा प्रिन्सिपल खड्काले आफूमाथि पटकपटक बलात्कार गरेको दाबी गर्दै उनले फेसबुकमा पोस्ट गरेकी छन्।

घट्ना करिब २०७२/७३ सालतिरको भएको उनले बताएकी छन्।

एक युवतीले आफूमाथि भएको बलात्कारको घटनाबारे भिडियो मार्फत बोलेपछि उनको न्यायका लागि धेरैजनाको साथ र प्रदर्शन देखेपछि आफूले पनि हिम्मत गरेर आफूमाथि भएको बलात्कारबारे बोलेको उनको भनाइ छ।

त्यसबेला आफूलाई छातीमा समस्या देखिएपछि बुबाले आफ्नो उपचारका लागि प्रिन्सिपल खड्काको खातामा पैसा पनि पठाएको युवतीको भनाइ छ । उनले लेखेकी छन्– ‘छातीको समस्या भएकोले बुबाले उहाँको खातामा उपचारको लागि भनेर पैसा पठाइदिनू भएको थियो। उपचार गर्न अस्पताल लैजानुको साटो मलाई उहाँले सिधै होटलमा लगे। उनले मलाई खाना प्रस्ताव गरे तर मैले अस्वीकार गरे। म डराएको र पसिना बगिरहेको बेला, उसले मलाई ‘यता आऊ गर्मी हुँदैन’ भन्दै कोठा प्रस्ताव गर्‍यो। त्यतिबेला म १५ वर्षको थिएँ। उसले कोठामा ताला लगायो र मलाई खाना खान भन्यो, मैले अस्वीकार गरेँ। त्यसपछि उसले मेरो स्कुलको ड्रेस च्यात्यो र मलाई बलात्कार गर्‍यो।’

प्रिन्सिपल खड्काले भिडियो बनाएर ब्ल्याकमेल गर्दै २ वर्षसम्म बाथरुम, साइन्स ल्याब, कम्प्युटर ल्याब, होस्टल रुम बलात्कार गरेको पनि दाबी गरेकी छन्।

एसएलसीपछि घटनाबारे परिवारलाई भनी कानुनी प्रक्रियामा गएपनि सो बारे हालसम्म पनि छानबिन नभएको उनले बताएकी छन्। आफूले तीन पटकसम्म आत्महत्याको प्रयास गरेको समेत उनले दाबी गरेकी छन् ।

प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार  ४ : ०५ बजे