असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

जसपा अध्यक्ष यादवलाई आफ्नै क्षेत्रमा धक्का



काठमाडौँ–  जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई आफ्नै क्षेत्रमा धक्का लागेको छ । यादवको क्षेत्र मात्रै होईन वडामै उनको पार्टी पराजित भएको छ । उनले मतदान गरेको सप्तरीको राजविराज नगरपालिका वडा नम्बर २ मै जनमत पार्टीले वार्ड अध्यक्ष सहित प्यानल जितेको छ ।

उपेन्द्रको चुनावी क्षेत्र अन्तर्गत रहेको महदेवा गाउपालिकामा लोसपाले जित हात पारेको छ । महदेवामा जसपाका उम्मेद्वार तेस्रो स्थानमा पुगेका छन् । त्यस्तै उनको चुनावी क्षेत्रमा रहेको तिलाठी कोइलाड़ी गाउपालिकामा नेपाली कांग्रेस विजयी भएको छ भने जसपाका उम्मेदवार यहाँ पनि तेस्रो भएका छन् ।

उपेन्द्रको संसदीय क्षेत्र रहेको छिन्नमस्ता गाउंपालिकामा पनि जसपालाई हराउँदै लोसपाले कब्जÞा जमाएको छ । उपेन्द्रको चुनावी क्षेत्रमा रहेको राजविराज नगरपालिकामा मात्रै जसपाका उम्मेदवार भीमराज यादवले जित्न सफल भएका छन् । त्यसबाहेक उनको क्षेत्रमा जसपा निकै कमजोर भएको छ ।

प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार  ३ : ५७ बजे