असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

एमालेका सरावगीभन्दा १५ हजार बढी मतले अघि छन् गठबन्धनका राजेशमान



काठमाडौं – पर्साको वीरगञ्ज महानगरपालिकाको मतगणना अहिले जारी छ । अहिले पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंहले अग्रता कायम गरेका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगीभन्दा १५ हजार ८९५ मतान्तरले अग्रता लिएका छन् । सिंहको ३३ हजार ३१५ मत हुँदा सरावगीले १७ हजार ४२० मत ल्याएका छन् ।

यस्तै उपप्रमुख पदमा गठबन्धनकै उम्मेदवार इम्तियाज आलमले २२ हजार ८१३ मत र लोसपाका पुरुषोत्तमलाल झाले पाँच हजार ५४९ मत ल्याएका छन् ।

प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार  ३ : २९ बजे