असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

व्यासको मेयरमा कांग्रेस उम्मेदवारको अग्रता बढ्दै



तनहुँ । जिल्लाको व्यास नगरपालिकाको मतगाणना चल्दै गर्दा मेयरमा कांग्रेस उम्मेदवार वैकुण्ठनाथ न्यौपानेले अग्रता बढाउँदै लगेका छन् । केही समयसम्म पछि परेका न्यौपानेले पछिल्लो समय अग्रता बढाउँदै लगेका हुन् ।

२६ हजार ३१७ मत गन्दा न्यौपानेले १० हजार ८१५ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले १० हजार ३७२ मत पाएका छन् ।

जोशी कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा हुन् । उनी एमालेसँग तालमेल गरि कैँची चुनाव चिन्ह लिएर उम्मेदवार बनेका हुन् । व्यासमा ३० हजार २४७ मत खसेको छ ।

प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार  २ : ४९ बजे