असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते



काठमाडौं- जुम्लामा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । आइतबार बिहान कनकासुन्दरी गाउँपालिकाबाट बिरामी ल्याउदै गरेको क १ झ १५ नम्बरको एम्बुलेन्स सदरमुकाम ल्याइदै गर्दा दुर्घटना भएको हो ।

कनकासुन्दरी गाउँपालिकाको दाँते ओखरमा एम्बुलेन्स सडकबाट १५,२० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा तीन जना सामान्य घाईते भएका छन् । कनकासुन्दरी ६ निवासी दलविरे ऐडी बिरामी भई सदरमुकाम ल्याइदै गर्दा दुर्घटना भएको हो ।

प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार  २ : ४५ बजे