असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

मलेसिया पठाइएका कामदारबारे सरकारद्वारा व्यवसायीसँग विवरण माग 



काठमाडौँ– वैदेशिक रोजगार विभागले नेपाल र मलेसियाबीच श्रम सम्झौता भएदेखि म्यानपावर कम्पनीबाट मलेसिया पठाइएका श्रमिकको विवरण माग गरेको छ ।

विभागले म्यानपावर कम्पनीहरूलाई पत्र लेख्दै म्यानपावर कम्पनीबाट कामदारलाई मलेसिया पठाउँदा रोजगारदाताबाट प्राप्त भएको हवाई टिकट खर्च लगायतका सेवा शुल्कको आम्दानी तथा रोजगारदातासँगको खर्चको विवरण ७ दिन विवरण माग गरेको हो । 

नेपाल र मलेसिया  सरकारबीच द्विपक्षीय श्रम सम्झौता भएअनुसार मलेसिया जाने नेपाली कामदारलाई हवाई टिकट, भिसा दस्तुर, लेबी लगायतका शुल्क रोजगारदाताले नै बेहोर्नुपर्ने छ ।

तर वैदेशिक रोजगार व्यवसायीले मागपत्र प्राप्त गर्न आर्थिक चलखेल गरेको भन्ने जानकारी आएपछि यसबारे सत्यतथ्य पत्ता लगाइ वैदेशिक रोजगारीमा भएको वा हुन सक्ने अनियमिततालाई अन्त्य गरी सुरक्षित, व्यवस्थित र मर्यादित श्रम प्रशासनको व्यवस्थापन गर्न विवरण माग गरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार  २ : ४० बजे