काठमाडौँ– स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार धनराज आचार्यकै अग्रता रहेको छ ।
जारी मतगणनामा अहिले १ लाख ४ हजार २१२ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका आचार्यले ४१ हजार ७०५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेकपा एमालेका प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ३८ हजार ३१० मत प्राप्त गरेका छन् । यस्तै राप्रपाका शंकर खरालले ४ हजार ६९० मत र लौरो लिएर उठेका खडकराज पौडेलले २ हजार ६४९ प्राप्त गरेका छन् ।
उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट ४१ हजार ९२० मत रहेको छ भने एमालेका मञ्जुदेवी गुरुङले ४३ हजार ६१६ मत रहेको छ । यस्तै राप्रपाकी रन्जना कुमारी सेन पौडेलले ४ हजार ६२९ ल्याएकी छिन् ।
प्रतिक्रिया