असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

भरतपुरमा ३३ हजार ६०७ मत गन्न बाँकी, माओवादीकी रेनुको फराकिलो अग्रता



काठमाडौं – चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी छ । अब यहाँ ३३ हजार ६०७ मत गन्न बाँकी रहेको छ । जम्मा एक लाख २७ हजार ८३९ मत खसेकामा हालसम्म ९४ हजार २३२ मत ग गनिसकिएको छ ।

अहिलेसम्म भरतपुरका १९ वडा गनिएको छ । अहिले भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार नेकपा माओवादीकी रेनु दाहालले अग्रता फराकिलो बनाउँदै लगिरहेकी छिन् ।

माओवादीकी दाहालको अहिले ३७ सय ३७ मत रहेको छ। यस्तै उनलाई पछ्याउँदै एमालेका विजय सुवेदीको २८ हजार ९६७ मत रहेको छ । यस्तै भुईकटहर लिएर स्वतन्त्रमा उठेका जगन्नाथ पौडेललको १२ हजार २३३ मत रहेको छ ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३९ हजार १२९ मत ल्याएका छन् भने राप्रपाका हिमला गुरुङले २२ हजार ९११ मत ल्याएकी छन् ।

प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार  २ : १० बजे