असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क राई (साम्पाङ) ले जित्ने निश्चित



काठमाडौँ–  धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क राई (साम्पाङ) ले जित्ने निश्चित भएको छ । २ हजार ५२१ मत गणना गर्न बाँकी हुँदा साम्पाङले ४ हजार १९० मतको अग्रता लिइसकेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार मध्याह्नसम्म ६० हजार ३७७ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार साम्पाङले १९ हजार १९ हजार ३८८ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १५ हजार १९८ मत पाएका छन्। नेकपा ९एमाले०की उम्मेदवार मञ्जु भण्डारी सुवेदीले १२ हजार २७७ मत पाएकी छन् ।

उपमेयरमा गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र० का उम्मेदवार आइन्द्रविक्रम बेघाले अग्रता लिएका छन्। उनले १९ हजार ६२ र एमालेका पदमबहादुर लिम्बूले १६ हजार ८१५ मत पाएका छन् ।

प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार  १ : ४७ बजे