असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

७०० ले बढ्यो सुनको मूल्य, चाँदीको भाउ स्थिर



काठमाडौँ– आज आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सयले बढेको छ ।

गत शुक्रबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार  ११ : २३ बजे