असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

११ उपमहानगरमा ८ वटाको अन्तिम नतिजा सार्वजनिक, बाँकी ३ मध्ये २ मा स्वतन्त्र उम्मेदवार अगाडि



काठमाडौँ– देशभरका ११ वटा उपमहानगरपालिकामध्ये ८ वटाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । बाँकी तीन वटा उपमहानगरमा भने मतगणना जारी छ ।

सार्वजनिक भएका ८ वटा उपमहानगरमा नेपाली कांग्रेसले ३ र नेकपा एमालेले २ वटामा जितेको छ । यस्तै माओवादी केन्द्र र एकीकृत समाजवादी १-१ उपमहानगरमा विजयी भएका छन् ।

मतपरिणाम आउन बाँकी रहेका तीन उपमहानगरमा एउटामा एमालेले अग्रता लिएको छ भने दुई उपमहानगरमा स्वतन्त्र उम्मेदवारले अग्रता बनाउँदै करिब जित नजिक छन् ।

धरान उपमहानगरपालिकामा लौरो चुनाव चिह्न लिएर उठेका स्वतन्त्र उम्मेदवार हर्कराज राईले १६ हजार ८६७ मतका साथ अग्रता बनाएका छन् । उनका निकतटम प्रतिस्पर्धी कांग्रेसका किशोर राई १३ हजार ३९५ मतका साथ पछ्याइरहेका छन् ।

यस्तै जनकपुरधाम उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी ९ हजार ७७४ मत प्राप्त गर्दै अगाडि रहेका छन् । जनकपुरमा एमालेका उम्मेदवार शिवशंकर साहले ७ हजार ६०४ मत पाएका छन् ।

तुलसीपुर उपमहानगरपालिकामा भने एमालेका उम्मेदवार टिकाराम खड्काले अग्रता कायम गरेका छन् । उनले १५ हजार ४०५ मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५९४ मत प्राप्त गरेका छन् ।

कहाँ को विजयी ?

काँग्रेस :

इटहरी – हेमकर्ण पौडेल विजय
नेपालगञ्ज – प्रशान्त विष्ट
बुटवलमा – खेलराज पाण्डे

एमालेः

घोराही – नरुलाल चौधरी
कलैया – विनोद प्रसाद साह

माओवादीः

जीतपुरसिमरा – राजन पौडेल

एकीकृत समाजवादी :

हेटौंडा – मीनाकुमार लामा

स्वतन्त्र :

धनगढीमा- गोपाल हमाल

प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार  १० : ४० बजे