असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज जेठ ८ गते आइतबारका लागि विभिन्न मुलुकहरुको मुद्राको विनिमयदर तोकेको छ । आज अमेरिकी डलर एकको खरिद दर १२३ रुपैयाँ ७८ पैसा रहेको छ । यस्तै बिक्री दर १२४ रुपैयाँ ३८ पैसा रहेको छ ।

हिजो शनिबार पनि आजकै भाउ रहेको थियो । केही समय यता अमेरिकी डलरको भाउ ह्वात्तै बढेको छ ।

यसले मुलुकको विदेशी मुद्रा सञ्चिति घटाउने स्थिति देखिएको छ । रुस युक्रेन युद्धका कारण पनि अमेरिकी डलरको भाउमा चरम फेरबदल आएको देखिन्छ ।

यस्तैगरी युरो एकको खरिद दर १३१ रुपैयाँ १० पैसा र बिक्री दर १३१ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै, जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्री दर ९ रुपैयाँ ७१ रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४४ पैसा रहेको छ । बिक्री दर ८७ रुपैयाँ ८६ पैसा रहेको छ ।

प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार  ७ : ५२ बजे