काठमाडौँ– काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन) ले आफ्नो अग्रता बढाउँदै लैजाँदा उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रो नम्बरमा झरेका छन् ।
स्थापितलाई २९१ मतले उछिन्दै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठ दोस्रो नम्बरमा पुगेकी छन् । श्रेष्ठले २१ हजार २९९ मत प्राप्त गरेकी छन् । स्थापितले भने २१ हजार ८ मत प्राप्त गरेका छन् ।
निरन्तर अग्रता बनाइरहेका साहले भने ३८ हजार ३३३ मत प्राप्त गरेका छन् । श्रेष्ठसँग साहको १७ हजार ३४ मतान्तर छ भने स्थापित १७ हजार ३२५ मतले पछाडि छन् ।
काठमाडौँ महानगरको ९० हजार बढी मतगणना सम्पन्न भएको जानकारी दिइएको छ ।
उपमेयरमा भने एमालेकी उम्मेदवार सुनिता डंगोलले ठूलो मतान्तरका साथ अग्रता लिएकी छन् ।
उनले २६ हजार ५७५ मत ल्याउँदा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ८ हजार ५९१ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया