असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

नेपाली राष्ट्रिय टिमका बलिङ कन्सल्ट्यान्ट धम्मिकालाई दिएन अमेरिकाले भिसा



काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका बलिङ कन्सल्ट्यान्ट तथा श्रीलंकाका पूर्व राष्ट्रिय क्रिकेटर धम्मिकाप्रसादलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।

विश्वकप क्रिकेट लिग टू खेल्न जाने नेपाली टिमलाई बलिङ प्रशिक्षणका लागि अमेरिका जान आवेदन दिएका उनलाई कोलम्बोस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो ।

उनले यसबारे ट्वीट गर्दै दुतावासको यो निर्णयले आफु चकित भएको बताएका छन् । धाम्मिकाले श्रीलंकाका पूर्व राष्ट्रिय खेलाडी पनि हुन् ।

प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार  ४ : ०६ बजे