असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

ढाड तथा गर्धन स्वस्थ राख्ने उपाय



आधुनिक जीवनशैली, शारीरिक श्रमको कमी, लगातार कार्यालयको बसेर गर्ने कामले ढाड दुख्ने समस्या हुन्छ । यस्तै अत्यधिक मोबाइल प्रयोग गर्दा गर्धनको समस्या हुने गर्दछ ।

यी कारणले स्पाइनसम्बन्धी दुखाइको समस्या बढाउँने गर्दछ । स्पाइन शरीरको महत्वपूर्ण र संवेदनशील अंग भएकाले यसलाई स्वस्थ राख्नु पर्छ ।

स्पाइन यस्तो जटिल अंग हो, जसले हाम्रो उपल्लो शरीरको भार बहन गर्दछ । साथै यसमा अगाडि पछाडि झुक्न सक्ने र दायाँबायाँ घुम्न सक्ने अद्भुत क्षमता हुन्छ ।

विभिन्न कामले स्पाइनमा अत्यधिक दबाब पर्न जान्छ । स्पाइनको दुखाइ खराब आसन, कमजोर मांशपेसी, कीटाणुको संक्रमण, चोटपटक इत्यादिले गर्दा हुने गर्दछ ।

यस्तो ढाड वा गर्धन दुखाइमा छोटो समयको आराम, बरफको सेकाइ, दुखाइ कम गर्ने क्याप्सुल अत्यन्त लाभदायी हुन्छन् ।

कतिपय अवस्थामा एक्सरे÷एमआरआई स्क्यान/ब्लड टेस्ट पनि आवश्यक पर्न सक्छ । तर उभिनु र सुत्नु ढाड दुखाइका लागि धेरै उपयुक्त हुन्छ । बस्दा ढाडमा धेरै दबाब पर्ने भएकाले यस्तो अवस्थामा सकेसम्म नबस्नु नै राम्रो हुन्छ ।

प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार  ११ : ३३ बजे