श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

निद्रामा बर्बराउने बानी छ ? के बोलिन्छ तपाईंलाई थाहा छ ?



केही मानिसमा निद्रामा बोल्ने बानी हुन्छ । अंग्रेजीमा यसलाई सोम्नीलोकी भनिन्छ । यसरी निद्रामा बर्बराउने मान्छेका कुरा सुन्न मजा हुन्छ । तर निद्रा विशेषज्ञहरु निद्रामा बोलेको कुराको अर्थ नहुने बताउँछन् ।

निद्रामा बर्बराउने मानिसलाई पर्याप्त निद्रा नपुगेको संकेत मानिन्छ । तनाव, अवसाद, दिनभरीको थकान, रक्सीको सेवन र ज्वरो लगायतका अन्य कारणले पनि निद्रामा बोल्ने बानी लाग्न सक्ने विज्ञहरु बताउँछन् ।

यदि कसैमा निद्रामा बर्बराउने बानी छ भने नआत्तिनुहोला । तपाईले निन्द्रामा बोलेको कुरामा कुनै रहस्य हुदैँन अर्थात तपाईंका गोप्य कुरा सुरक्षित नै छन् । बरू यसबाट छुटकारा पाउन शरिरलाई आराम र पर्याप्त निद्रा दिनु पर्दछ ।
मिरर युके

प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार  ११ : ३० बजे