असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

पार्किङमा रोकिएको कार पछि सर्दै सर्दै नदीमा खस्यो (भिडियोसहित)



सामाजिक सञ्जालमा तपाईंले सडक दुर्घटनाको विभिन्न भिडियोहरु हेर्नु भएको होला । अधिकांश सडक दुर्घटनाका भिडियोहरु भाइरल हुने गरेको छ । यसैबीच एक कारको यस्तै एक भिडियो भाइरल भएको छ ।

इन्टरनेटमा अहिले एक कारको भिडियो भाइरल बनेको छ । जो व्यस्त सडकमा पार्किङ स्थलबाट बिना चालक आफै चलेर नदीमा डुब्न पुग्छ । भिडियोमा देखिए अनुसार एक रातो रंगको कार पार्किंगस्थलबाट पछि सर्दै सिधै नदिमा पुगेर खस्छ ।

भिडियो हेर्नुहोस्ः

भिडियोमा कार व्यस्त सडकलाई पछि सर्दै पार गर्छ र नदी डुब्दछ । सयाेंगवश कारमा कोहि बसको भने थिएन । जसका कार कुनै मानवीय क्षती हुन पाएन । खासमा कार ओरालोमा पार्किङ थियो । साथै कारमा हेण्डब्रेक समेत लगाइएको थिएन । जसका कारण कार नदिमा खस्न पुगेको हो ।

प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार  १० : ५२ बजे