असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

शनिको दशाले छाडेन, त्यसो भए यसो गर्नुहोस्



शनिले शुभ अशुभ दुबै फल दिन्छन् । जसको कुण्डलीमा शनि शुभ हुन्छ उसले शनिको महादशामा पनि लाभ लिएको हुन्छ । यस अलावा शनिले कर्म अनुसार फल दिन्छन् । यदि व्यक्तिको कर्म राम्रो भयो भने कुण्डलीमा शनिको अशुभ स्थिति भएर पनि जातकले दुख पाउँदैनन् । तर जातकको कर्म खराब भयो भने शनिको शुभ स्थितिमा पनि शुभ फल पाउँदैनन् ।

शुभ शनिको फल
यदि कुण्डलीमा शनिको स्थिति शुभ छ र जातकको कर्म पनि राम्रो छ भने जातकले जीवनमा निकै राम्रा फलहरु पाउँछन् । कुण्डलीमा शनिको शुभ स्थिति भए व्यक्तिले जीवनमा निकै सफलता पाउँछन् । यस्ता जातकले जुन क्षेत्रमा गए पनि सफलता पाउँछन् ।

शनिको शुभ स्थिति भए व्यक्तिले शानदार जीवन जिउन पाउँछन् । उनीहरुको रहनसहनदेखि घर समेत शानदान हुन्छ । यस्तै शनिको शुभ स्थितिमा व्यक्तिले मान–सम्मान पाउने गर्दछन् । शनिको प्रभाव चलेको बेला व्यक्ति ईमानदार र कर्मठ हुन्छन् । र अन्यायको विरुद्ध आवाज उठाउने स्वभावका हुन्छन् । उनीहरुको यहि बानीले सम्मान दिलाउँछ ।

शनिले कर्म अनुसारको फल दिने गर्दछ । त्यसैले व्यक्तिले शनि देवको कृपा प्राप्त गर्ने कर्म गर्नु पर्दछ । यसकालागी गरीब, असहायको मद्दत गर्ने, हरेक काममा ईमान्दारीता अपनाउने, नशाबाट टाढा रहनु पर्दछ । यस्तै शनि देवको कृपा पाउन हनुमानको पूजा र आराधना गर्ने र शनिवार पीपलमा जल चढाउने गर्न सकिन्छ ।

प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार  ६ : ३२ बजे