रुपन्देही – रुपन्देहीका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ लिएका छन् । सिद्धार्थनगर, देवदह नगरपालिका, सियारी, शुद्धोधन, रोहिणी, मायादेवी, ओमसतिया लगायत पालिकाका नवनिर्वाचित प्रमुख÷अध्यक्षहरुले पद तथा गोपनियताको सपथ लिएका हुन् । भैरहवामा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच मुख्य निर्वाचन अधिकृत धनसिंह महराले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सपथग्रहण गराएका हुन् ।
त्यस्तै पालिकाका निर्वाचित प्रमुख÷अध्यक्षहरुले उपप्रमुख÷उपाध्यक्ष, वडाअध्यक्ष तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका छन् ।कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत धनसिंह महराले सबैको सदभाव र सहयोगले निर्वाचनका दौरान रुपन्देहीमा कुनै अप्रिय घटना नभएको बताए ।
उनले निर्वाचनमा कसैको जमिनदारीको हिसाबले प्राप्त हुने पद नभएको बताए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी जनतालाई केन्द्रमा राखेर कानूनमा रही काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे । उनले जनताले अनुभुति गर्ने गरी भूमिका निर्वाह निर्वाह गर्न आग्रह गरे ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीका सहायक निर्वाचन अधिकृत गोविन्द प्रसाद कोइरालाले राजनीतिक दल, सुरक्षाकर्मी, पत्रकार लगायतको सहयोगले निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताए ।
प्रतिक्रिया