असार १६, २०७९ बिहीबार | Thu Jun 30 2022

भक्तपुरका प्रमुख, उपप्रमुख, वडाध्यक्षसहितले गरे शपथ ग्रहण



भक्तपुर – भक्तपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शपथ ग्रहण गरेका छन् । शुक्रबार एक कार्यक्रमबीच प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यले शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण गरेपछि उनीहरूले आजै पदभार ग्रहण पनि गरेका छन् ।

भक्तपुरका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले निर्वाचित भक्तपुर नपाको नगर प्रमुखमा सुनिल प्रजापतिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । त्यसपछि नगर प्रमुख प्रजापतिले नवनिर्वाचित उपप्रमुख रजनी जोशी र १० वटै वडाका जनप्रतिनिधिहरूलाई शपथ ग्रहण गराए ।

भक्तपुरका वडाध्यक्षहरूमा वडा नम्बर १ मा श्यामकृष्ण खत्री, वडा नम्बर २ मा हरिप्रसाद बासुकला, ३ वडामा राजकृष्ण गोरा, वडा नम्बर ४ मा उपेन्द्र सुवाल, वडा नम्बर ५ मा योगेन्द्रमान बिजुक्छेँ, वडा नम्बर ६ मा हरिराम सुवाल, वडा नम्बर ७ मा उकेश कवां, ८ वडामा कृष्णप्रसाद कोजु, ९ वडामा रवीन्द्र ज्याख्व र १० नम्बर वडामा लक्ष्मीप्रसाद ह्यौंमिखा रहेका छन् ।

प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार  ६ : २८ बजे