काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा अग्रता लिइरहेका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह बालेनको मत घट्न थालेको छ ।
अन्य वडामा ठूलो मतान्तरसहित अग्रता लिइरहेका बालेनको मत वडा नं २७ मा पुगेपछि घटेको हो ।
यो वडामा एमालेका केशव स्थापितले दोब्बर मतको अग्रता लिएका छन् । स्थापितले ५३५ मत पाउँदा कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३६५ मत प्राप्त गरेकी छन् । बालेनलाई २८३ मत पाएका छन् ।
प्रतिक्रिया