असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित कति ?



काठमाडौँ – नेपालमा थप ११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बिहिबार देशभर गरिएको २ हजार ३ सय जनाको पिसिआर र ५ सय ७४ जनाको एन्टिजेन परीक्षण गर्दा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै नेपालमा थप १२ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय ५० संक्रमित निको भइसकेका छन् । अहिले निको हुनेको दर ९८ दशमलव ८ रहेको छ ।

कोरोनाका कारण आज पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल नेपालमा १ सय ४९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार  ४ : ५१ बजे