श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

बसन्त लामा र नारायणदत्त पौडेल एआईजीमा बढुवा



काठमाडौं – नेपाल प्रहरीका डिआईजी बसन्तकुमार लामा र सशस्त्र प्रहरी बलका नारायणदत्त पौडेल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । आज (शुक्रबार) बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिस अनुसार बढुवाको निणर्य गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।

वैशाख २३ मा बढुवा समितिले डिआईजी बसन्तकुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागी सिफारिस गरेको थियो । प्रहरीमा पाँच एआईजीको दरबन्दी रिक्त हुँदा सरकारले लामालाई मात्रै बढुवा गरेको छ । लामा जेठ ८ बाट ५६ वर्षे उमेर हदका कारण अनिवार्य अबकाशमा जाँदैछन् ।

प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार  १२ : ४२ बजे