आजकलका साना बालबालिका मोबाइल पाउँदा निकै खुसी हुन्छन् । र उनीहरुमा मोबाइल चलाउने लत नै बसेको छ । मोबाइलमा बालबालिका गेम खेल्नेदेखि भिडियो हेर्ने गर्दछन् । तर अमेरिकाका एक बालकले भने आमाको मोबाइल चलाउँदा चलाउँदै अचम्मको काम गरे ।
अमेरिकाका टेक्सासका २ वर्षीय बालकले आफ्नी आमाको स्मार्टफोनबाट मैकडनल्ड्स आउटलेटबाट ३१ चीजबर्गर अर्डर गरिदिए । यति मात्र कहाँ हो र, उनले डेलिभरीका लागि १६ डलर अर्थात करिब २ हजार नेपाली रुपैँयासमेत टिप्स दिए ।
३१ चीज-बर्गर अर्डर गर्ने ती बालकको तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । उनको साथमा मैकडनल्ड्सले डेलिभरी दिएको बर्गर पनि देखिन्छ । घटनाको बारेमा बुझेपछि अन्ततः उनको अर्डर क्यान्सिल गरिएको थियो ।
प्रतिक्रिया