असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

यी हुन् मेटाबोलिज्म बढाउने ५ खानेकुरा



पेटद्वारा खाना पचाउने गतिलाई नै मेटाबोलिज्म भनिन्छ । मेटाबोलिज्ममा समस्या आउँदा पेटमा समस्या आउँछ । मेटाबोलिजम स्लो हुँदा भोक लाग्दैन, खाना पच्दैन र कब्जियत हुन्छ । यस अलावा खराब मेटाबोलिज्मको संकेत छाला र अनुहारको कान्तिमा पनि पर्दछ । यस्तोमा कसरी मेटाबोलिज्म बढाउने त ?

– अदुवा
अदुवा भएको चियाले पाद रोक्छ र मेटाबोलिज्म तीब्र बनाउँछ । यसले खाना सजिलै पच्छ र दिसालाई नियमित बनाउँछ ।

– घिउ
घिउमा हुने फ्याटी एसिडले पेटमा डाइजेस्टिभ इन्जाइमलाई बढावा दिन्छ र खाना पचाउन मद्धत गर्छ । यस अलावा आन्द्रालाई नरम बनाई भित्र रहेका फोहोर चिजलाई सफा गर्न मद्धत गर्छ ।

– दालचिनी
दालचिनीको चियामा एन्टीअक्सिडेन्ट हुन्छ, जसले मेटाबोलिक रेटलाई बढाउँछ र खाना पचाउन मद्धत गर्छ । दालचिनीले चिल्लो पचाउन र तौल घटाउन मद्धत गर्छ । बिहान सबैभन्दा पहिले र सुत्नुअघि दालचिनीको चिया पिउँदा निकै फाइदा हुन्छ ।

– सलाद
सलादले मेटाबोलिज्म राम्रो बनाउँछ । सलादमा समावेश सागसब्जीमा फाइबर पाइन्छ र पाचन प्रक्रियालाई राम्रो बनाउन सहयोग गर्छ । सलाद पेटका लागि पनि फाइदाजनक छ ।

गेडागुडी
मुंग दाल, चना, सोया आदिमा फाइबर राम्रो पाइन्छ । यस्ता पदार्थले मेटाबोलिज्म राम्रो बनाउँछ र पेटका समस्या कम गर्छ । साथै दिसा नियमित बनाउँछ ।

प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार  ८ : ३५ बजे