असार १६, २०७९ बिहीबार | Thu Jun 30 2022

कुन समयमा घर बढारे अशुभ, कुचोका बारेमा यस्ता छन् मान्यता



घरमा सरसफाई हुनु आवश्यक छ । तर वास्तुशास्त्र अनुसार घरमा कुचो लगाउने एक खास समय हुन्छ । वास्तुशास्त्रमा घरमा कुचो लगाउने र त्यसलाई सही स्थानमा राख्ने तरीका बारे बताइएको छ । यदि सहि समय र तरिकाले घर बढारीएन भने घरमा दरिद्रता आउने वास्तुको मान्यता छ । यस्तोमा कुन समयमा कुचो लगाउने सहि हुन्छ ?

वास्तु अनुसार, घरमा कुचो लगाउन दिनका चार प्रहरलाई शुभ मानिएकोा छ । तर राती कुचो लगाउनु अशुभ मानिन्छ । मान्यता अनुसार राती बर्ढादा माता लक्ष्मी रूष्ठ हुने र घरमा दरिद्रता आउने मान्यता छ । साथै अध्यारोमा कुचो लगाउँदा घरमा नकारात्मक उर्जा आउने मान्यता छ ।

घर बर्ढाने सही समयका बारेमा वास्तुमा बिहानै लगाउनु पर्ने मान्यता छ । तर साँझ परेपछि भने घर बर्ढान नहुने मान्यता छ । अर्थात सुर्यास्त पछि घर बढार्नु शुभ मानिदैँन । यस्तै बढारीसकेपछि कुचोलाई सहि स्थानमा राख्नुपर्ने मान्यता छ । कुचो राख्दा घरको पश्चिम दिशामा मात्र राख्नुपर्ने मान्यता छ ।

कुचोलाई गलत दिशामा राखे यसले घरमा नकारात्मक ऊर्जाको सञ्चार हुने मान्यता छ । यस्तै कुचोलाई माता लक्ष्मीको रुपमा मानिएकाले यसलाई कुल्चिन नहुने मान्यता छ । यस अलावा कुचोलाई नाघ्नु समेत शुभ मानिँदैन । साथै कुचोलाई सधैं सफा स्थानमा मात्र राख्नु पर्दछ । कुचोलाई ठाढो पारेर राख्न नहुने समेत मान्यता छ ।

प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार  ७ : ०२ बजे