असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

आर्सनलको नयाँ जर्सी सार्वजनिक



काठमाडौँ– इंग्लिस क्लब आर्सनलले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ ।

आर्सनलले सन् २०२२/२३ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो ।

आर्सनलको नयाँ जर्सी एडिडास कम्पनिले बनाएको हो ।

आर्सनलले अघिल्लो सिजनको भन्दा केहि फरक जर्सीको डिजाइन गरेको छ ।

प्रिमियर लिगमा आर्सनल यस सिजन पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार  ६ : ५५ बजे