असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

नेपाली क्रिकेट टिमको उपकप्तानको जिम्मेवारी रोहितलाई



काठमाडौं – नेपाली राष्ट्रिय टोलीका उपकप्तानको जिम्मेवारी रोहित कुमार पौडेलले पाएका छन् । बिहिबार नेपाल क्रिकेट संघ क्यानले रोहितलाई राष्ट्रिय टोलीको नयाँ उपकप्तान बनाएको हो ।

अमेरिका र स्कटल्याण्डमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि क्यानले टोलीको उपकप्तान रोहितलाई बनाएको हो । यसअघि राष्ट्रिय टोलीको उपकप्तानको जिम्मेवारी दिपेन्द्र सिंह ऐरीले सम्हाल्दै आएका थिए ।

प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार  ९ : ०५ बजे