असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

प्रभु बैंक र सिद्धार्थ बिजनेस ग्रुप बीच छुट प्रदान गर्ने सम्झौता, २० प्रतिशत छुट दिइने



काठमाडौँ । प्रभु बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंकमा खाता खोलेर बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुका लागि प्रदान गर्न यो सम्झौता गरिएको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेबीच छुट दिने सम्झौता भएको हो ।

ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुपबाट सञ्चालन भइरहेका रिसोर्ट, होटल, रेस्टुरेण्ट, क्याफेमा फुड एण्ड वेभरेजमा १० प्रतिशत र लजिङ सुविधामा २० प्रतिशत छुट दिने सुविधा प्रदान भएको हो ।

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिका सेवाहरुमा आकर्षक छुटह हुनेछ ।

प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार  ८ : ३५ बजे