असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

प्यालेस्टाइनका १९ जना कामदार अपहरणमा



याउन्दे – प्यालेस्टाइनका १९ जना कामदार अपहरणमा परेका छन् । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार क्यामरुनको एक दुर्गम क्षेत्रमा ती कामदार अपहरणमा परेका हुन् ।यहाँका सुरक्षा निकायले दिएको जानकारी अनुसार क्यामरुनको दक्षिण पश्चिमी क्षेत्रमा कार्यरत १९ जना प्यालेस्टाइनी कामदारहरु अपहरणमा परेका हुन् ।

यहाँको क्यामरुन विकास संस्थामा कार्यरत उनीहरु अपहरणमा परेका बताइएको हो । क्यामरुनको दक्षिण पश्चिमी क्षेत्र इडेनेउमा सो कम्पनीमा कार्यरत उनीहरु अपहरणमा परेका अधिकारीहरुले जानकारी दिएका छन् ।

एकजना सरकारी अधिकारीले आफ्नो नाम नबताउने शर्तमा सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार ती अधिकारीले मंगलबार सो क्षेत्रमा केही बन्दुकधारी आएका र कम्तीमा पनि १९ जना प्यालेस्टाइनी कामदारलाई अपहरण गरेर लगेका छन् ।

उनीहरुलाई कसले र किन अपहरण गरी लगेका हुने भन्ने बारेमा केही खुलेको छैन । प्रहरीले अनुुसन्धान सुरु गरेको बताएको छ ।

प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार  ५ : ३३ बजे