असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

नेपालबाटै कान्स रेड कार्पेटमा वाक गर्ने पहिलो कलाकार बनिन् सुरक्षा पन्त



काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिवलमा पुगेकी छिन् । नेपालमा पनि छायांकन गरिएको इटाली र बेल्जियमको फिल्म ‘द एइट् माउन्टेन्स’ प्रिमियरको लागि उनी कान्स पुगेकी हुन् ।

यसैबीच सुरक्षाले रेड कार्पेटमा वाक गर्ने मौका पाइन् । सुरक्षा नेपालबाटै कान्स रेड कार्पेटमा वाक गर्ने पहिलो कलाकार पनि बनेकी छिन् । कार्पेटमा वाक गर्दा उनी रेड ड्रेसमा सजिएकी छिन् ।

कार्पेटमा वाक गर्दै उनले भनिन् – ‘रातो कार्पेटमा हिड्नु वास्तविकमै अलौकिक क्षण बन्यो । फिल्म र कथाकारहरूको लागि उत्सवको सबैभन्दा ठूलो परिवेशको साक्षी हुने अवसर पाउनु मेरो जीवनभर मन पर्ने कुरा हो । झिलमिलाहट जस्तो लाग्छ ।’

प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार  ५ : ११ बजे