असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

थप १२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ – नेपालमा थप १२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बिहिबार देशभर गरिएको २ हजार ५ सय ८० जनाको पिसिआर र १ हजार ४७ जनाको एन्टिजेन परीक्षण गर्दा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै नेपालमा थप ९ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय ३८संक्रमित निको भइसकेका छन् । अहिले निको हुनेको दर ९८ दशमलव ८ रहेको छ ।

कोरोनाका कारण आज पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल नेपालमा १ सय ५० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार  ३ : २६ बजे