जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनको माडी नगरपालिकामा एमालेको अग्रता



काठमाडौं – चितवनको माडी नगरपालिकामा मतगणना अहिले जारी छ । माडी क्यापसमा भइरहेको मतगणनामा अहिले नगरप्रमुखमा नेकपा एमालेका ताराकुमारी काजी महतोले नै अग्रता कायम गरेकी छिन् ।

१ हजार मत गन्दा गठबन्धनका उम्मेदवार, नेकपा माओवादी केन्द्रका ऋषि काफ्लेले ४०१ र एमाले राप्रपा गठबन्धनका उम्मेदवार, नेकपा एमालेका ताराकुमारी काजी महतोले ४६५ मत पाएकी छन् ।

यस्तै नगर उपप्रमुखमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार, नेपाली काँग्रेसका खेम प्रसाद महतोले ४०८, एमाले राप्रपा गठबन्धनका उम्मेदवार, राप्रपाका मदन पौडेलले ११७ र स्वतन्त्र उम्मेदवार कृष्ण प्रसाद पौडेलले २९० मत पाएका छन् । ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  २ : ३८ बजे