जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विराटनगरको मेयरमा नागेशको अग्रता कायमै, एमालेका सागर थापाले पछ्याउँदै



विराटनगर – विराटनगर महानगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार नागेश कोइरालाले अग्रता कायमै राखेका छन् । ८०० मत गणना गर्दा कोइरालाले २६९ मत पाएका छन् । कोइरालालाई पछ्याइरहेका एमालेका सागर थापाले १८१ मत पाएका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार उमेश यादवले ७० मत ल्याएका छन् । यसैगरी, उपमेयरमा एमालेकी शिल्पा कार्कीले २२६ मत ल्याएकी छिन् भने अमरेन्द्र यादवले १५२ मत पाएका छन् । विराटनगरमा कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपाबीच गठबन्धन छ ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  २ : ३६ बजे