काठमाडौं – चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी छ । अहिले भरतपुर महानगरपालिकाको १ नम्बर वडाको मतगणना गरिएको छ । जम्मा ५५ मत गणना हुँदा भरतपुरको मेयरमा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता बनाएका छन् ।
उनले २३ मत ल्याएका छन् भने १९ मतसहित गठबन्धनबाट नेकपा माअेवादी केन्द्रकी रेनु दाहालले पछ्याएकी छन् । यस्तै भुईकटहर चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ मत ल्याएका छन् । ६ मत बदर भएको छ ।
तीनैजना अहिले मतगणना स्थलमा सगै बसेर आफूहरुको मतपरिणाम सुनिरहेका छन् । चितवनमा ७३ दशमलव २६ प्रतिशत मत खसेको छ । जिल्लामा तीन लाख ९७ हजार ६८५ मतदाता छन् ।
प्रतिक्रिया