जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धरानमा पनि स्वतन्त्र उम्मेदवार अगाडी



धरान । स्थानीय तहको निर्वाचन अन्तर्गत विभिन्न पालिकाको मतगणना चलिरहेको छ । जसमा काठमाडौँ सहित विभिन्न पालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । यहि लहरमा थपिएको छ धरान उपमहानगरपालिका । धरानमा भर्खरै मतगणना शुरु भएको हो ।

जसको प्रारम्भिक नतिजामा मेयरका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन् । उनले ३३ मत पाएका छन् भने कांग्रेसले ३१ र एमालेले १६ मत पाएको छ ।

उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवारले ३३ र एमाले उम्मेदवारले १८ मत पाएका छन् ।काठमाडौँ र धरानसहित जनकपुर र धुलिखेलमा पनि स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  २ : ०९ बजे