काठमाडौं – चितवनको भरतपुर महानगरपालिकामा पनि अहिले मतगणना जारी छ । शुरुवातमा जम्मा २८ मत गणना हुँदा भरतपुको मेयरमा गठबन्धनबाट नेकपा माअेवादी केन्द्रकी रेनु दाहालले अग्रता बनाएकी छिन् । उनले १२ मत ल्याएकी छिन् भने ११ मतसहित एमालेबाट विजय सुवेदीले पछ्याएका छन् ।
तीनैजना अहिले मतगणना स्थलमा सगै बसेर आफूहरुको मतपरिणाम सुनिरहेका छन् । चितवनमा अहिले ७३.२६ प्रतिशत मत खसेको छ । जिल्लामा तीन लाख ९७ हजार ६८५ मतदाता छन् ।
प्रतिक्रिया