डडेल्धुरा – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहपालिकामा काँग्रेसले अग्रता कायम राखेको छ । हालसम्मको मतपरिणाम अनुसार यहाँ कांग्रेसले दोब्बर अग्रता बनाएको छ।
मतगणना अनुसार कांग्रेसका उम्मेदवार इन्द्र कार्कीले १३०९ मत पाएका छन् भने नेपाली कांग्रेस विपी सुरेन्द्र मालीले ५६७ मत पाएका छन्। यस्तै नेकपा एकीकृत समाजवादीका नरबहादुर बिष्टले १७८ मत पाएका छन् ।
यस्तै यहाँ उपाध्यक्षमा कांग्रेसका उमेदवार ज्ञानु सेटी पनि अघि छन् । उनले १२५७ मत ल्याएका छन् । यस्तै एमालेका उम्मेदवार इन्द्र महराले ५८७ मत र माओवादी केन्द्रबाट चन्द्रबहादुर मल्लले ३१२ मत पाएका छन् ।
प्रतिक्रिया