जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घरमा रोप्नुहोस् यी बिरुवा हुनेछ कमालको फाइदा



बोट विरुवा केवल वातावरण स्वच्छ पार्न मात्र होइन अन्य काममा समेत उपयोगी हुन्छन् । वास्तु अनुसार घर आसपासमा भएका बोट बिरुवाले घरको नकारात्मक ऊर्जा नष्ट गर्न मद्दत गर्दछ ।

वास्तुशास्त्रमा केहि यस्ता विरुवाको चर्चा गरीएको छ । जसलाई घर आसपासमा रोपे घरमा सकारात्मक ऊर्जा बनाइ राख्दछ । यसको सामिप्यताले घरमा सुख, शान्ती बढ्ने गर्दछ । साथै परिवारका सदस्यको स्वास्थ्यमा समेत लाभ पुर्याउँछ । यी हुन् घरआसपासमा रोप्नु पर्ने वनस्पती :

१. चमेली
चमेली फूल यसको सुगन्धका कारण चर्चित छ । यस अलावा यसको वास्तुशास्त्रमा समेत ठुलो महत्व छ । वास्तु अनुसार घरमा चमेली रोपेमा परिवारबीचको मनमुटाव हटेर जान्छ ।

२. तुलसी
तुलसीलाई वैदिक सनातन धर्ममा निकै महत्वका साथ हेरीन्छ । औषद्यीय गुणले भरपूर्ण तुलसीमा नकारात्मक शक्ति दुर गर्ने क्षमता हुन्छ । तुलसीमा सबै देवताको बास हुने मान्यता छ ।

३. बाँस
आजकल बाँसको साना प्रकारको विरुवा घरभित्र राख्ने चलन बढेको छ । फेन्गशुईमा यस प्रकारको बाँस घरभित्र राख्ने सुझाव दिइन्छ । यसले घरमा हुने द्वन्द्व कम गर्ने मान्यता छ ।

४. सिउँडी
सिउँडी घरमा राखे यसले घरमा पर्ने खराब नजरबाट यसले बचाउने धार्मीक मान्यता रहेको छ । तसर्थ कुनै खराब दृष्टिबाट बच्न घरमा सिउँडी रोप्नु पर्ने वास्तशास्त्रको मान्यता छ ।

५. घ्युकुमारी (एलोवेरा)
घ्युकुमारी (एलोवेरा)ले शरीरको सुन्दरता बढाउने मात्र होइन सौभाग्य वृद्धि समेत गर्दछ । घरमा एलोवेरा रोपेमा भाग्य बदलिने मान्यता छ । जागीर पाउन कठिनाई भएमा आफ्नो कोठामा एलोवेरा रोप्नुहोस् यसले सकारात्मक असर पार्दछ ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  १ : २२ बजे