काठमाडौं – चितवनको भरतपुर महानगरपालिकामा पनि अहिले मतगणना जारी छ । जम्मा २० मत गणना हुँदा भरतपुको मेयरमा गठबन्धनबाट नेकपा माअेवादी केन्द्रकी रेनु दाहालले ६ मत , नेकपा एमालेबाट विजय सुवेदीले ११ मत र स्वतन्त्रबाट जगन्नाथ पौडेलले १ मत पाएका छन् ।
तीनैजना अहिले मतगणना स्थलमा सगै बसेर आफूहरुको मतपरिणाम सुनिरहेका छन् । चितवनमा अहिले ७३.२६ प्रतिशत मत खसेको छ । जिल्लामा तीन लाख ९७ हजार ६८५ मतदाता छन् ।
प्रतिक्रिया