काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिको मेयरमा राप्रपाले अग्रता लिएको छ । गठबन्धन र एमालेका उम्मेदवारलाई पछि पार्दै राप्रपाका रमेश नापितले अग्रता लिएका हुन् । शंकरापुरमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेका छन् भने एमाले र माओवादी एक्ला एक्लै प्रतिस्पर्धामा छन् ।
दुईवटा वडाको १२ सय मत गणना हुँदा नापितले २८१ मत पाएका छन् । यस्तै एमालेका कृष्ण बजगाईंले २७० मत ल्याएका छन् भने कांग्रेस समाजवादी गठबन्धनका एलपी श्रेष्ठले २३० मत पाएका छन्। यस्तै माओवादीका निरज केसीले ११४ मत पाएका छन् । शंकरापुरको वडा नम्बर ६ र ७ मा राप्रपाका धेरै मतदाता रहेको मानिन्छ । यी दुई वडाको मतगणना हुन बाँकी छ ।
प्रतिक्रिया