जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाम देउमाईको मत गणनास्थलमा हवाईफायर



इलाम – इलामको देउमाइ नगरपालिकास्थित मत गणनास्थलमा हवाईफायर भएको छ । शनिबार नगरपालिका भवनमा मतगणना जारी रहँदा निर्वाचन कर्मचारीको गोजीमा स्वस्तिक छाप भेटिएपछि विवादले उग्ररूप लिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाईफायर गरेको स्थानीय पत्रकार टीका खतिवडाले जानकारी दिएका छन् ।

मत गणनाकै क्रममा करारका एक कर्मचारीको गोजीमा स्वस्तिक छाप भेटिएपछि विवाद शुरु भएको थियो । त्यसपछि सत्ता गठबन्धनमा आबद्ध दल निकट व्यक्तिहरूले नेकपा (एमाले) ले ‘सेटिङ’ गरेको भन्दै नाराबाजी गरेका थिए । उनीहरूको विरोधपछि मतगणना अवरुद्ध भएको खतिवडाले जानकारी दिएका छन् ।

उनीहरूले निर्वाचन अधिकृत हरिबहादुर दाहाल र स्थानीय प्रशासनविरुद्ध नाराबाजी गरेपछि मतगणनास्थल अशान्त बनेको थियो । विवादकै बीच स्थिति जटिल बन्दै गएपछि हवाईफायर भएको खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  १२ : १७ बजे