जेठ ११, २०७९ बुधबार | Wed May 25 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तह निर्वाचन

सात पालिकाको नतिजा : एमाले चार, कांग्रेस र नेकपा (एस) दुई-दुई



काठमाडौं – सबै स्थानीय तह निर्वाचनको मत गणना शुरु भएसँगै नतिजाहरु पनि धमाधम आउन थालेको छ । शनिबार बिहानसम्म विभिन्न  आठ वटा गाउँपालिकाको नतिजा आइसकेको छ ।

यसअघि तीनवटा पालिका निर्विरोध भएकोमा अन्य  पाँच पालिकाको पनि परिणाम शनिबारसम्म विहान आएको हो । पछिल्लो समय हिमाली जिल्लाको मत परिणाम आउने क्रम बढेको छ । थोरै मतदाता रहेको मनाङ र मुस्ताङमा अन्तिम परिणाम आउन थालेको हो ।

मत परिणाम आइसकेका सात पालिकामध्ये डोल्पाका ३ पालिकामा उम्मेद्वारहरु निर्विरोध निर्वाचित भएका थिए । बाँकी ४ वटामा एमालेले २ पालिका र कांग्रेसले २ पालिकामा जित हासिल गरेको छ । एमालेले मनाङको मनाङ डिस्याङ गाउँपालिकामा समेत अध्यक्षमा आफ्नो उम्मेदवारलाई विजयी गराउन सफल भएको छ ।सात पालिकाको परिणाममध्ये एमाले चार पालिका, कांग्रेस र नेकपा एकीकृत समाजवादीले २-२ पालिकाको नेतृत्व पाएका छन् ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  ११ : १४ बजे