जेठ ११, २०७९ बुधबार | Wed May 25 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टीकापुर नगरपालिकामा रेशम चौधरीको पार्टीको अग्रता, पछ्याउँदै एमाले



कैलाली – कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । १०० मत गणना हुँदा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीका मेयर उम्मेदवार रामलाल डगौरा थारुले ३४ मतका साथ अग्रता बनाएका हुन् ।

निर्वाचन अधिकृत पुष्कर खड्काका अनुसार थारुलाई एमालेका श्याम खत्रीले पछ्याइरहेका छन् । एमालेका खत्रीले १८ मत पाएका छन् ।
यस्तै सत्तारुढ गठबन्धनका उम्मेदवार कांग्रेसका नवराज रावलले १६ मत पाएका छन् । टीकापुर नगरपालिकामा ३१ हजार २९३ मत खसेको थियो ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  १० : ५१ बजे