कुनै पनि परिवारमा शिशुको जन्म हुनु निकै खुसीको क्षण मानिन्छ । घरमा नयाँ सदस्यको जन्म भएपछि मानिसहरु अनेकौं प्रकारले आफ्नो खुसी साटासाट गर्दछन् । यसका लागि विश्वभरमा अनेकौं प्रकारले यो खुसी बाड्ने गरिन्छ । आज हामी शिशुको जन्मसंग जोडिएको केही अनौठो परम्पराका बारेमा चर्चा गर्नेछौँ ।
चीनमा शिशुको जन्म भएपछि ३० दिनसम्म आमालाई परिवारभन्दा अलग्गै बस्नु पर्ने हुन्छ । यो ३० दिनमा नयाँ आमाले घरबाट बाहिर निस्कन र काचोँ फल खान पाउदिनन् । यतिमात्र होइन आमाले यो ३० दिनमा नुहाउन समेत पाउदिनन् । चीनीयाँ भाषामा यसलाई जुओ युइज्की भनिन्छ । यो परम्पराको इतिहास २ हजार बर्ष पुरानो छ ।
इण्डोनेशियाको टापु बालीमा शिशु जन्मिएपछि ३ महिनासम्म भुईं छून दिइदैन । यतिमात्र होइन शिशुले जन्मको तिन महिनासम्म कुनै पनि हालतमा खाली भुई छुन पाउदैनन् । यो ३ महिनाको समयमा आमाले बच्चालाई कि त काखमा कि त ओच्छ्यानमा मात्र राख्नु पर्दछ ।
नाइजीरिया र घानामा शिशुको गर्भनाललाई अर्को सन्तानको रुपमा मानेर यसको अन्त्य गर्दा शोक मनाउने गरिन्छ । अफ्रिकन देशमा गर्भनाललाई शिशुको जुम्ल्याहा भाइबहिनी मानिन्छ । साथै यसलाई पुरै विधिपूवर्क एक रुख मुनि अन्त्येष्टि गरिन्छ ।
जापानमा समेत शिशुको गर्भनालको निकै महत्व रहेको छ । मान्यता अनुसार गर्भनाल आमासँग जोडिएको एक प्रतीक हो । तसर्थ यसलाई सम्मान गर्नु पर्दछ । यसै कारणले शिशु जन्म पश्चात गर्भनाल नफ्याकी यसलाई सम्मानपूर्वक डब्बा बन्द गरेर राखिन्छ । जापानी भाषामा यसलाई हेसो नो ओ भनिन्छ ।
प्रतिक्रिया