जेठ १४, २०७९ शनिबार | Sat May 28 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पन्जाबसँग ५४ रनले बैंगलोर पराजित



काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५४ रनले पराजित गरेको छ ।

मुम्बईमा शुक्रबार राति भएको खेलमा पन्जाबले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो ।

बैंगलोरका लागि ग्लेन म्याक्सवेलले ३५ रन जोड्दा रजत पटीदारले २६ रन बनाए । कप्तान विराट कोहली २० रनमा आउट भए । पन्जाबका कागिसो राबडाले ३ तथा ऋषि धवन र राहुल चाहरले २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर २ सय ९ रन जोडेको थियो ।

पन्जाबका लागि लियाम लिभिङस्टोनले ७० रनको अर्धशतकीय इनिङ खेले । जोनी बेयर्स्टोले ६६ रनको अर्धशतकीय इनिङ खेल्दा शिखर धवनले २१ रन जोडे । कप्तान मायांक अग्रवाल १९ रनमा आउट भए । बैंगलोरका हर्सल पटेलले ४ तथा वानिन्दु हसरंगाले २ विकेट लिए ।

जितसँगै पन्जाबले १२ खेलमा १२ अंक जोडेर तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

बैंगलोर १३ खेलमा १४ अंक जोडेर चौंथो स्थानमा छ ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  ७ : ३० बजे